
कपिलवस्तु — बाणगंगा नगरपालिकास्थित बुद्ध रङ्गशालामा आगामी मंसिर १८ गतेदेखि १६औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुने भएको छ।
महोत्सवको आयोजना बाणगंगा वेलफेयर सोसाइटीले गर्ने भएको हो। आयोजक संस्थाका अनुसार यस वर्षको महोत्सव स्थानीय उत्पादन, कृषिजन्य नवप्रविधि, पर्यटन सम्भावना र औद्योगिक विकासका अवसरलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदैछ।

कार्यक्रममा स्थानीय र राष्ट्रिय स्तरका व्यापारी, उद्योगी, कृषक तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहने छ। साथै, विविध सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक प्रस्तुति र स्थानीय प्रतिभा प्रदर्शन पनि महोत्सवको आकर्षण बन्नेछन्।
महोत्सव मंसिर १८ देखि २८ गतेसम्म सञ्चालन हुने र यसले बाणगंगा नगर र कपिलवस्तु जिल्लाको आर्थिक–सांस्कृतिक विकासमा टेवा पुर्याउने आयोजक समितिको विश्वास छ।
