बाँकेको एक विद्यालयमा तीन जना प्रधानाध्यापक

0
Quantam abroad studies

बाँकेको दुर्गम नरैनापुर–६ स्थित जमुनी माध्यमिक विद्यालयमा तीन शिक्षकले आफू–आफैलाई प्रधानाध्यापक दाबी गर्दै पठनपाठन नै ठप्प पारिएको विवाद गाउँपालिकाले अन्त्य गरेको छ। महिनौंदेखि शिक्षक अम्बरलाल यादव, अफसर अली मुकेरी र सन्देश शर्माबीच ‘प्रधानाध्यापकको कुर्सी’ लिएर चल्दै आएको तानातानले विद्यालयको कागजपत्रदेखि नियमित कक्षा सञ्चालनसम्म प्रभावित बनेको थियो।

विवाद गाउँपालिकासम्म पुगेपछि अध्ययन–अनुसन्धान गरेर अम्बरलाल यादवलाई औपचारिक रुपमा प्रधानाध्यापक नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताए। यससँगै अफसर अली मुकेरीको काज फिर्ता गरिँदै सन्देश शर्मालाई सोही विद्यालयमा शिक्षकका रूपमा काम गर्न निर्देशन दिइएको छ।

sahani furniture udyog

तीनजनाबीचको नेतृत्व विवादका कारण बालबालिकाले विद्यालय जान छाड्ने अवस्था आएको स्थानीय अभिभावकहरू बताउँछन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विद्यालयहरूमा देखिने यस्ता आन्तरिक द्वन्द्व रोक्न थप सचेतता अपनाइने उल्लेख गर्दै पठनपाठन सुचारु हुनेमा विश्वास व्यक्त गरेका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.