वडा अध्यक्ष बढईको निधनमा महाराजगंज नगरपालिकामा आज शोक विदा

0
Quantam abroad studies

कपिलवस्तु, मंसिर १

महाराजगंज नगरपालिका वडा नं. ०७ का वडा अध्यक्ष रामरुप बढईको असामयिक निधन भएको छ। वडा अध्यक्ष बढईको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नगरपालिकाले आज मंसिर १ गते एक दिनका लागि शोक विदा घोषणा गरेको छ।  

sahani furniture udyog

नगर प्रमुख अब्दुल कलामद्वारा हस्ताक्षरित सूचनाअनुसार नगर पालिकाको निर्णयबमोजिम आज नगर क्षेत्रभित्रका सम्पूर्ण वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्। नगरपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.