प्रदेशहरू भ्रष्टचारको अखडा भए, संघीयताको औचित्य देखिएनः कमल थापा

0
Quantam abroad studies

काठमाडौं, कार्तिक २९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सङ्घीयता लागू भएको एक दशक बितिसक्दा पनि प्रदेश संरचनाको औचित्य पुष्टि हुन नसकेको भन्दै यसलाई खारेज गर्नुपर्ने धारणा अघि सारेका छन ।


सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष थापाले सङ्घीयताका पक्षधरहरूसँग प्रदेश संरचनाको महत्त्व र आवश्यकताका विषयमा प्रश्न उठाएका हुन । उनले विगत १० वर्षको अवधिमा प्रदेश संरचनाबाट सर्वसाधारण जनता र राष्ट्रले के ठोस फाइदा पाए भनी जिज्ञासा राखेका छन ।

sahani furniture udyog

अध्यक्ष थापाले प्रदेश संरचना नभएको भए देशलाई के नोक्सान पर्थ्यो भन्ने प्रश्न गर्दै यो संरचना केही व्यक्ति विशेषको लहडमा लादिएको आरोप लगाउनुभएको छ । देशको अर्थतन्त्रले धान्नै नसक्ने गरी खर्चिलो बनेको वर्तमान प्रदेश संरचनाबारे अब पुनर्विचार गर्ने बेला आएको उनको भनाइ छ ।

विगत एक दशकको अनुभवले प्रदेश संरचना केवल राजनीतिक अस्थिरता, अराजकता र भ्रष्टाचारको अखडा मात्र बनेको देखिएको थापाले उल्लेख गरे । उनले हालको बोझिलो प्रदेश संरचना खारेज गरेर बरु विद्यमान स्थानीय सरकारको अवधारणालाई अझ अधिकारसम्पन्न र सशक्त बनाएर अघि बढ्नु नै देशको हितमा उपयुक्त हुने सुझाव समेत दिएका छन् ।  

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.