मर्यादपुरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न, ३५ पिन्ट रगत सङ्कलन

0
Quantam abroad studies

कपिलवस्तुको दक्षिणी सीमा क्षेत्र मर्यादपुरमा एक उल्लेखनीय रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोग र कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय समुदायको असाधारण सहभागिता देखिएको थियो।

कार्यक्रममा मर्यादपुर आसपासका बासिन्दा, सुरक्षाकर्मी, शिक्षक, समाजसेवी र युवाहरूले उत्साहपूर्वक रगतदान गरेका थिए। रक्तदानका संयोजक ध्यानेन्द्र मणि त्रिपाठीका अनुसार कार्यक्रममार्फत ३५ पिन्ट रगत सङ्कलन गरिएको हो। उहाँले ग्रामीण तथा सीमावर्ती क्षेत्रमा रगतदानप्रतिको जनचेतना बढाउन यस अभियानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

संस्थाका अध्यक्ष मन्जित सिंहले दक्षिणी क्षेत्रका बासिन्दामा सामाजिक उत्तरदायित्व र मानवताप्रतिको भावना जगाउने उद्देश्यले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गरिँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष पनि सो क्षेत्रमा रक्तदान कार्यक्रम गरिएको थियो, जसमा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

sahani furniture udyog

कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरू, स्थानीय विद्यालयका शिक्षकहरू, समाजसेवी र युवा स्वयंसेवकहरू सक्रिय रूपमा सहभागी थिए।

आयोजक संस्थाले रक्तदानलाई “जीवन बाँड्ने अभियान”का रूपमा निरन्तर अगाडि बढाइने प्रतिवद्धता जनाएको छ। कार्यक्रममा सहभागिता जनाउनेहरूलाई सम्मानपत्र र धन्यवाद ज्ञापन गरिएको थियो।

स्थानीय बासिन्दाहरूले पनि यस किसिमका मानवीय कार्यक्रमले सीमावर्ती क्षेत्रमा सामाजिक एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.