मायादेवीमा बेपत्ता बालिकाको शव २ दिनपछि खोलामा फेला

0
Quantam abroad studies

कपिलवस्तु, कार्तिक २४ ।
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१ पकडीकी दुई वर्षीया बालिका बेपत्ता भएको दुई दिनपछि मर्थी खोलामा मृत फेला परेकी छन्।

मायादेवी गाउँपालिका–१ का अमित कुमार ओझाकी छोरी मान्सा ओझा आइतबार (कार्तिक २२ गते) बिहान १० बजे घर नजिकै खेल्न निस्किएपछि बेपत्ता भएकी थिइन्। पाँच वर्षीय दाजुसँग खेल्न बाहिर गएकी मान्सा त्यसपछि घर फर्किएकी थिइनन्।

बालिकाको खोजीका क्रममा सोमबार बिहान मर्थी खोलामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहले जानकारी दिए। उनका अनुसार शव घरबाट करिब तीन किलोमिटर दक्षिणमा, मायादेवी गाउँपालिका–१ र सुद्धोधन गाउँपालिका–६ को सिमानामा पर्ने मर्थी खोलामा भेटिएको हो।

sahani furniture udyog

घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि अस्पताल पठाइएको र प्रारम्भिक चरणमा मृत्युको कारण खुल्न बाँकी रहेको पनि प्रहरीले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.