प्रहरी कर्मचारीका लागि दुई लाखसम्म सहुलियत ऋण उपलब्ध

हरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पहलमा नेपाल प्रहरीले आफ्ना कर्मचारीका लागि आकस्मिक सहुलियत ऋण सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।
बिहीबार प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका कर्मचारी र तिनका आश्रित परिवारलाई ५ प्रतिशत ब्याजदरमा अधिकतम दुई लाख रुपैयाँसम्म ऋण दिने निर्णय गरेको हो।
यो ऋण स्वास्थ्य, शिक्षा वा घरायसी समस्या जस्ता आकस्मिक अवस्थाको खर्च पूरा गर्न एक वर्षभित्र किस्ताबन्दीमा फिर्ता गर्न सकिनेछ।

यसका लागि प्रहरी कल्याण कोषबाट चालु आ.व. २०८२/०८३ मा अधिकतम १० करोड रुपैयाँको कोष स्थापना गरी, कल्याण महाशाखाबाट आवश्यक मापदण्ड तय गरी ऋण प्रवाह गरिने जनाएको छ।
