कपिलवस्तुमा नालीमा डुबेर १३ महिने बालकको मृत्यु

0
Quantam abroad studies

कपिलवस्तु नगरपालिका–६ सेमरिमा एक बालकको नालीमा डुबेर मृत्यु भएको दुःखद घटना सार्वजनिक भएको छ। स्थानीय मनोहर हुसेनका १३ महिनाका छोरा आकिब मुसलमान हुसेन बिहीबार दिउँसो घरअगाडिको नालीमा पल्टिएर अशक्त अवस्थामा फेला परेका थिए।

गम्भीर अवस्था रहेका उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। तर उपचारका क्रममा बालकको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

sahani furniture udyog

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.