युवाले जवाफदेही र भ्रष्टाचारमुक्त शासन चाहन्छनः प्रधानमन्त्री कार्की

0
Quantam abroad studies

प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहेको बताउँदै सरकारले यस्ता लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अस्ट्रेलिया–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी जारी रहेको उल्लेख गर्नुभयो।

काठमाडौँस्थित अस्ट्रेलियाली दूतावासले आयोजना गरेको समारोहमा प्रधानमन्त्री कार्कीले दुई देशबीचको दीर्घकालीन मित्रता, शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकास र विपद् व्यवस्थापनमा अस्ट्रेलियाको सहयोग निर्णायक रहेको बताउनुभयो। अस्ट्रेलियामा अध्ययन तथा बसोबास गर्ने नेपालीहरूले दुबै देशको प्रगतिमा महत्वपूर्ण योगदान दिइरहेको पनि उहाँले उल्लेख गर्नुभयो।

sahani furniture udyog

अस्ट्रेलियाबाट बढ्दो व्यापार, लगानी तथा पर्यटन, प्रविधि र नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका अवसर विस्तार भइरहेका भन्दै उहाँले नेपाल सन् २०२६ मा एलडीसीबाट स्तरोन्नति हुने लक्ष्यप्रतिको द्रुत प्रगतिमा सहयोगका लागि कृतज्ञता प्रकट गर्नुभयो।

राजदूत लियान जोन्स्टनको योगदानको प्रशंसा गर्दै उहाँको आगामी कार्यका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले नेपाल–अस्ट्रेलिया मैत्रीपुर्ण सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.