नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ उचाइमा

काठमाडौं — नेपाली बजारमा सुन–चाँदीको मूल्यले फेरि नयाँ उचाइ छोएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार मात्र सुनको मूल्य एकैदिन २२ सय रुपैयाँले उकालो लाग्दै प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ। बिहीबार भने सुनमा ४०० रुपैयाँको गिरावट आएको र मूल्य २ लाख ४८ हजार ४०० रुपैयाँमा झरेको थियो।
सुनसँगै चाँदी पनि महँगिएको छ। महासंघका तथ्याङ्कअनुसार आज चाँदी ६५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३४५ रुपैयाँमा पुगेको छ। यसको अघिल्लो दिन चाँदी ३ हजार २८० रुपैयाँमा कारोबार हुँदै आएको थियो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय मूल्यवृद्धि, माग–आपूर्ति र भूराजनीतिक प्रभावहरूका कारण केही दिनयता मुलुकभित्र सुनचाँदीको मूल्य उतारचढाव बढ्दो छ।
