मेयर बालेन शाहले दिए मानव अधिकार आयोगमा बयान

0
Quantam abroad studies

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी विषयमा राष्ट्रिय मानव अधिकार आयोगमा उपस्थित भई बयान दिएका छन्। सोमबार आयोग पुगेका मेयर शाहले उक्त घटनाका क्रममा भएका गतिविधि र आफ्नो भूमिकाबारे स्पष्टिकरण दिएका हुन्।

मानव अधिकार आयोगले ती घटनाबारे स्वतन्त्र अनुसन्धान अघि बढाइरहेको छ। सोही अनुसन्धान प्रक्रियाअन्तर्गत मेयर शाहलाई बयानका लागि बोलाइएको आयोगका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

“घटनाको छानबिनका क्रममा मेयर शाहलाई बोलाइएको थियो। आज आयोगमा उपस्थित भई उहाँले बयान दिनुभएको हो,” स्रोतले सेतोपाटीसँग भन्यो।

आयोगका अनुसार मेयर शाहसँग घटनाका बेला गरिएको गतिविधि, निर्णय प्रक्रिया तथा सामाजिक सञ्जालमा सार्वजनिक गरिएका अभिव्यक्तिबारे समेत सोधपुछ गरिएको थियो।

sahani furniture udyog

यसैबीच, आयोगका प्रवक्ता टीकाराम पोखरेलले जेन–जी आन्दोलनसँग सम्बन्धित विषयमा पनि अनुसन्धान जारी रहेको बताएका छन्।

“यसका लागि आयोगले छुट्टै अनुसन्धान टोली गठन गरेको छ। टोलीले आवश्यक देखिएअनुसार सम्बन्धित सबै पक्षलाई बोलाएर अध्ययन गरिरहेको छ,” उनले बताए।

मानव अधिकार आयोगले घटनासँग जोडिएका सबै तथ्य संकलन गरी निष्कर्षमा पुग्ने तयारी गरिरहेको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.