पेटभित्र लुकाइएको कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

0
Quantam abroad studies

काठमाडौँ — हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेका विदेशी नागरिकको पेटभित्र लुकाएर ल्याइएको कोकिन बरामद भएको छ। अन्तर्राष्ट्रिय लागुऔषध कारोबारमा संलग्न गिरोहबारे निगरानी गरिरहेका क्रममा प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरी ठूलो परिमाणमा कोकिन जस्तो देखिने सेतो पदार्थ बरामद गरेको हो।

विशेष स्रोतबाट प्राप्त सूचनाका आधारमा लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी ४० वर्षीया थाई नागरिक मिस रुसेनी कामालाई सिनामंगलस्थित एक होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रारम्भिक खानतलासीका क्रममा उनको साथबाट १२ वटा प्लास्टिक कोटेड क्याप्सुलभित्र लुकाइएको कोकिन जस्तो देखिने पदार्थ फेला परेको थियो।

थप अनुसन्धान गर्दा उनले मुखबाट निलेर पेटभित्र लुकाएको अन्य २९ वटा क्याप्सुलसमेत स्वास्थ्यकर्मीको सहयोगमा अस्पतालमा निकालेर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

sahani furniture udyog

यसैगरी, लाओसबाट सिंगापुर हुँदै काठमाडौं आएका ५५ वर्षीय भारतीय नागरिक जाभिर र उनीसँगै रहेका २१ वर्षीय भारतीय नागरिक मुर्सालेन हुसेनमाथि पनि प्रहरीले खोजतलासी गरेको थियो। उनीहरूको सुटकेसभित्र रहेको कफी प्याकेटमा लुकाइएका तीन केजी ७५० ग्राम कोकिन जस्तो देखिने पदार्थ बरामद भएको छ।

पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय लागुऔषध कारोबारी गिरोहमाथि निगरानी अझ कडा बनाउने र लागुऔषध नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.