अर्घाखाँचीमा विद्यार्थी सवार जिप दुर्घटना, चालकको मृत्यु, १६ घाइते

0
Quantam abroad studies

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा विद्यार्थी बोकेको जिप दुर्घटनामा पर्दा चालकको ज्यान गएको छ भने १६ जना विद्यार्थी घाइते भएका छन्। पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन जाँदै गरेका स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटनाग्रस्त भएको हो।

धनचौरबाट नुवाकोटतर्फ जाँदै गरेको लु २ च ५१७९ नम्बरको जिप नगरपालिका–७ छिर्लिङ खोलानजिक दुर्घटना हुँदा चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

sahani furniture udyog

दुर्घटनामा घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ। घटनापछि नगरपालिकाले आजका लागि तय गरिएका राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका सबै खेलकुद कार्यक्रम स्थगन गरेको जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.