११५ थान अवैध भरुवा बन्दुक बरामद

0
Quantam abroad studies

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानबाट ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी अवैध हतियार प्रयोग हुन सक्ने जोखिम बढेपछि प्रहरीले विशेष खोज अभियान सञ्चालन गरेको हो।

मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिइएको अभियानमार्फत जिल्लाभरका प्रहरी युनिट परिचालन गरी इजाजतविनाका भरुवा बन्दुक सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। अभियानअन्तर्गत बेनी नगरपालिकाबाट ११, अन्नपूर्णबाट १६, रघुगङ्गाबाट ४८, मङ्गलाबाट १४, मालिकाबाट २० र धवलागिरीबाट ६ थान बन्दुक बरामद गरिएको छ।

sahani furniture udyog

प्रहरीका अनुसार ती बन्दुकहरू वन्यजन्तुको अवैध शिकार तथा चुनावी असुरक्षा सिर्जना गर्न प्रयोग हुन सक्ने सम्भावना थियो। बरामद सबै बन्दुक लाइसेन्सविहीन रहेका छन्। खोजतलासमा स्थानीयको सहयोग उल्लेखनीय रहेको प्रहरीले जनाएको छ।

जिल्लामा अझै पनि अवैध भरुवा बन्दुक लुकाइराखिएको आशङ्का रहेकाले खोज अभियान जारी रहने प्रहरीको भनाइ छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.