बंगलादेश भारतमा टी–२० विश्वकप नखेल्ने

0
Quantam abroad studies

काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा आयोजना हुने आईसीसी टी–२० विश्वकप नखेल्ने औपचारिक निर्णय गरेको छ। अन्तरिम सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुलसँगको छलफलपछि बीसीबी अध्यक्ष अमिनुल इस्लाम बुलबुलले टोली भारत नजाने स्पष्ट पारेका हुन्।

खेलकुद सल्लाहकार नजरुलले सरकारको निर्णय जनाउँदै सुरक्षा चिन्ताका कारण भारतमा खेल्न नसकिने बताए। उनले आईसीसीले बंगलादेशको सुरक्षा चासोलाई बेवास्ता गरेको आरोप लगाउँदै श्रीलंकामा खेल्ने प्रस्ताव स्वीकार गर्न आग्रह गरेका छन्।

बीसीबी अध्यक्ष बुलबुलले आईसीसीसँग पुनः सम्पर्क गर्ने बताए पनि बंगलादेश भारतमा खेल्न नसक्ने र श्रीलंकामा नै खेल्न चाहेको स्पष्ट पारे।

sahani furniture udyog

यसअघि आईसीसीले सुरक्षा मूल्याङ्कन भइसकेको भन्दै खेल स्थान परिवर्तन असम्भव रहेको निर्णय सुनाएको थियो। बंगलादेश नआए स्कटल्यान्डलाई समेट्ने विकल्पसमेत आईसीसीले अघि सारेको छ।

फेब्रुअरी ७ देखि सुरु हुने टी–२० विश्वकपमा बंगलादेश समूह ‘सी’ मा परेको छ, जहाँ इङ्गल्याण्ड, इटाली, वेस्ट इन्डिज र नेपाल पनि समावेश छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.