कांग्रेस नेता आचार्यद्वारा आशिष शर्मालाई आधिकारिक उम्मेदवार समर्थनको अपील

0
Quantam abroad studies

कपिलवस्तु । नेपाली कांग्रेसभित्र विद्रोह गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता आशिष शर्मालाई पार्टीका वरिष्ठ नेता आचार्यले आधिकारिक उम्मेदवारलाई समर्थन गर्न सार्वजनिक अपील गरेका छन् ।

कांग्रेस नेता आचार्यले आयोजित चुनावी कार्यक्रम मा बोल्दै पार्टीको दीर्घकालीन हित, संगठनको एकता र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन विद्रोही उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारको पक्षमा उभिन आशिष शर्मासहित सबै कार्यकर्तालाई आग्रह गरे । उनले आन्तरिक असन्तुष्टि स्वाभाविक भए पनि त्यसको समाधान पार्टीभित्रै खोजिनुपर्ने बताए ।

“नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो र जिम्मेवार लोकतान्त्रिक पार्टी हो । व्यक्तिगत असन्तुष्टि र आकांक्षालाई पार्टी एकता भन्दा माथि राख्दा दीर्घकालीन रूपमा संगठन कमजोर हुन्छ,” आचार्यले भने, “आशिष शर्मा सक्षम र ऊर्जावान नेता हुन् । उहाँको भूमिका पार्टीभित्रै अझ प्रभावकारी हुन सक्छ ।”

sahani furniture udyog

यसै क्रममा नेता आचार्यले आफू र अर्का वरिष्ठ नेता कमालको यो निर्वाचन अन्तिम हुने घोषणा पनि गरेका छन् । उनले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने समय आएको उल्लेख गर्दै कांग्रेसको भविष्य युवाहरूको काँधमा सुम्पन चाहेको बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.