महावीर पुनलाई ‘त्रिभुज’ चुनाव चिह्न, म्याग्दीमा स्वतन्त्र प्रतिस्पर्धा

0
Quantam abroad studies

म्याग्दी । प्रतिनिधिसभा सदस्यका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो चुनाव चिह्न प्राप्त गरेका छन्। निर्वाचन आयोगले शुक्रबार उनलाई ‘त्रिभुज’ चुनाव चिह्न प्रदान गरेको हो।

चुनाव चिह्न प्राप्त भएसँगै पुन अब ‘त्रिभुज’ चिन्हसहित आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्। आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार तथा चिह्न सूचीअनुसार पुन स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा रहनेछन्।

पूर्वमन्त्री पुनले शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा सुधारका लागि अघि सारेका प्रस्ताव कार्यान्वयन हुन नसकेको भन्दै हालै मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएको बताएका छन्। उनले आफू चुनावी सरकारबाट बाहिरिएर जनताको प्रत्यक्ष मतबाट संसद् पुग्ने उद्देश्यसहित उम्मेदवारी दिएको स्पष्ट पारेका छन्।

sahani furniture udyog

स्थानीय तहमा पहिलेदेखि चिनिएका र प्राविधिक तथा शिक्षाका मुद्दामा सक्रिय रहेका पुनको उम्मेदवारीले म्याग्दीको चुनावी माहोल थप चासोपूर्ण बनेको छ। ‘त्रिभुज’ चुनाव चिह्नसहित उनी कस्तो राजनीतिक परिणाम निकाल्छन् भन्ने विषयमा अहिले म्याग्दीमा चर्चा चुलिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.