कपिलवस्तुका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता शून्य, ९८ उम्मेदवार चुनावी मैदानमा

0
Quantam abroad studies

कपिलवस्तु । कपिलवस्तु जिल्लाका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारले मनोनयन फिर्ता नलिएका छन्। उम्मेदवारी फिर्ता लिने अन्तिम म्याद सकिँदासम्म कसैले पनि नाम फिर्ता नलिँदा तीनै क्षेत्रमा कुल ९८ जना उम्मेदवार यथावत् चुनावी मैदानमा कायम भएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ९८ जनाले उम्मेदवारी दिएका हुन्। तीमध्ये राजनीतिक दलका तर्फबाट ५० जना र स्वतन्त्रतर्फ ४८ जना उम्मेदवार रहेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा दलका २० जना र स्वतन्त्र १४ जना गरी कुल ३४ जनाको उम्मेदवारी परेको छ। निर्वाचन क्षेत्र नम्बर २ मा दलका १७ जना र स्वतन्त्र ११ जना गरी २८ जना उम्मेदवार दर्ता भएका छन्। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा दलका १३ जना र स्वतन्त्र २३ जना गरी सबैभन्दा धेरै ३६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

sahani furniture udyog

निर्वाचन अधिकृत कार्यालयका अनुसार उम्मेदवारी दर्तापछि परेको उजुरीको टुंगो लागिसकेको छ भने उम्मेदवारी फिर्ताको अवधिमा कसैले पनि नाम फिर्ता नलिएको पुष्टि गरिएको छ। यससँगै अन्तिम नामावली सार्वजनिक भई चुनावी तयारी तीव्र बनाइएको छ।

धेरै उम्मेदवार मैदानमा रहँदा कपिलवस्तुका तीनै क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिले मतदातामाझ विभिन्न एजेन्डा र विकल्प प्रस्तुत हुने अपेक्षा गरिएको छ। निर्वाचन आयोग र स्थानीय प्रशासनले शान्ति, सुरक्षा र निष्पक्ष मतदानका लागि आवश्यक तयारी पूरा भएको जनाएका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.