कपिलवस्तुमा निर्वाचन तयारी तीव्र, मतपेटी सरसफाइ सुरु

0
Quantam abroad studies

कपिलवस्तु । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउँदै कपिलवस्तु जिल्ला निर्वाचन कार्यालयले आवश्यक सामग्री व्यवस्थापनको काम सुरु गरेको छ। सोही क्रममा कार्यालय परिसरमा कर्मचारीहरू मतपेटीको सरसफाइ तथा व्यवस्थापनमा व्यस्त देखिएका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर २३५ वटा मतदान स्थल तोकिएका छन्, जसअन्तर्गत ४९० वटा मतदान केन्द्र रहनेछन्। प्रत्येक मतदान केन्द्रमा दुईवटा मतपेटिका राखिने व्यवस्था गरिएको छ। एक मतपेटिका समानुपातिक र अर्को प्रत्यक्षतर्फको मत संकलनका लागि प्रयोग गरिने निर्वाचन कार्यालयले जनाएको छ।

मतदान निष्पक्ष, पारदर्शी र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक पर्ने सामग्री समयमै तयार पार्ने लक्ष्यअनुसार मतपेटीको सरसफाइ, मर्मत तथा वर्गीकरणको काम अघि बढाइएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। सरसफाइपछि मतपेटीहरूलाई सिलबन्दी गरी सुरक्षित भण्डारण गरिनेछ।

sahani furniture udyog

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षसँग सहकार्य गरिने जिल्ला निर्वाचन कार्यालयको भनाइ छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.