निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा कारबाही गर्न सहायक सीडीओलाई अधिकार

0
Quantam abroad studies

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन र निगरानीलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा अनुगमन अधिकृत तोकेको छ। सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाई उक्त जिम्मेवारी दिँदै आयोगले उनीहरूलाई प्रत्यक्ष रूपमा निर्वाचन आयोगको छाप प्रयोग गर्ने अधिकारसमेत प्रदान गरेको छ।

जिल्ला तहमै अनुगमन संयन्त्र सक्रिय भएपछि आचारसंहिता उल्लंघनका घटनामा तत्काल कारबाही सम्भव हुने आयोगको विश्वास छ। पछिल्ला दिनमा स्पष्टीकरण सोध्ने प्रक्रिया तीव्र बनाएको आयोगले यो कदममार्फत निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने लक्ष्य लिएको छ।

sahani furniture udyog
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.