खेतमा काम गरिरहेका एक व्यक्तिको गोली हानी हत्या

0
Quantam abroad studies

सिराहामा खेतमै काम गरिरहेका एक व्यक्तिको गोली हानी हत्या गरिएको छ।

शुक्रबार दिउँसो सिराहा नगरपालिका–१ निवासी ४१ वर्षीय प्रेमनाथ यादवमाथि सिराहा–७ स्थित आफ्नै खेतमा अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन्। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी उपरीक्षक वासुदेव पाठकको नेतृत्वमा टोली घटनास्थल पुगे पनि यादवको मृत्यु भइसकेको थियो।

sahani furniture udyog

हुलाकी राजमार्गबाट करिब एक किलोमिटर उत्तरतर्फ भएको यस घटनामा संलग्न व्यक्ति हालसम्म पहिचान हुन सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान तीव्र पार्दै गोली हान्ने व्यक्तिको खोजी गरिरहेको जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.