सरकारलाई ६ महिनामा ६१ अर्ब वैदेशिक सहायता

0
Quantam abroad studies

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा सरकारले ६१ अर्ब पाँच करोड रुपैयाँ बराबरको वैदेशिक ऋण तथा अनुदान परिचालन गरेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको प्रतिवेदनअनुसार कुल प्राप्तिमध्ये ३६ अर्ब ८९ करोड २२ लाख रुपैयाँ ऋण रहेको छ। बाँकी रकम अनुदानका रूपमा आएको हो।

sahani furniture udyog

मासिक तथ्यांक हेर्दा साउनमा एक अर्ब ७६ करोड, भदौमा चार अर्ब ८४ करोड र असोजमा तीन अर्ब ४० करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान प्राप्त भएको देखिन्छ।

त्यसैगरी कात्तिकमा दुई अर्ब १४ करोड, मंसिरमा नौ अर्ब ८५ करोड र पुसमा १९ अर्ब ७१ करोड रुपैयाँ वैदेशिक सहायता भित्रिएको छ। अन्य महिनाको तुलनामा पुसमा प्राप्ति उल्लेख्य रूपमा बढी रहेको अर्थ मन्त्रालयले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.