सुनचाँदीकाे मुल्यमा भारी गिरावट

0
Quantam abroad studies

काठमाडौं । आईतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । आज सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटे को नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । 

महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

sahani furniture udyog

त्यस्तै, आज चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.