
१३औँ संसदीय निर्वाचन तथा जनमत संग्रहको मतदान सम्पन्न भएसँगै बंगलादेशका विभिन्न क्षेत्रमा मतगणना प्रक्रिया अघि बढाइएको छ। देशका अलग–अलग भागबाट मतपेटिका गणनास्थलतर्फ लगिएको बीबीसीका संवाददाताले जनाएका छन्।
यसपटक संसदीय चुनाव र जनमत संग्रहका मतपत्र एउटै बाकसमा राखिएकाले गणनाअघि दुवै प्रकारका मतपत्र छुट्याउने काम सुरु गरिएको छ। संसदीय चुनावका लागि कालो–सेतो रंगको मतपत्र प्रयोग गरिएको छ भने जनमत संग्रहका लागि गुलाबी रंगको मतपत्र छ।

निर्वाचन अधिकारीहरूका अनुसार पहिले रंगका आधारमा मतपत्र वर्गीकरण गरिनेछ र त्यसपछि छुट्टाछुट्टै मतगणना गरिनेछ। मतपरिणाम आउन थालेसँगै देशको राजनीतिक भविष्यबारे स्पष्ट तस्वीर देखिने अपेक्षा गरिएको छ।
