प्रचण्डलाई राजीनामा दिन युवाहरूकाे दबाब

0
Quantam abroad studies

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेतृत्व परिवर्तनको विषय फेरि चर्चामा आएको छ। पार्टीभित्रैका युवा नेताहरूले वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग उठाउन थालेका छन्।

बिहीबार पेरिसडाँडामा आयोजित जनवर्गीय संगठनहरूको बैठकमा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष विराज थापाले पार्टी संयोजक प्रचण्ड समक्ष खुला रूपमा राजीनामाको माग राखेका थिए। उनका अनुसार अहिलेको नेतृत्व कायम रहिरहेसम्म पार्टीले अपेक्षित गति लिन कठिन हुने देखिएको छ।

थापाले प्रचण्डलाई सक्रिय नेतृत्वबाट पछि हटेर राष्ट्रका अभिभावकको भूमिकामा जाने समय आएको सुझाव दिएका थिए। सीमित घेराभित्र राजनीतिक ऊर्जा खर्च गर्नुभन्दा राष्ट्रिय स्तरमा मार्गदर्शन गर्ने भूमिकामा रहनु उपयुक्त हुने उनको भनाइ थियो।

sahani furniture udyog

उनले पार्टीको महाधिवेशनको मिति छिट्टै घोषणा गरी तेस्रो पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने माग पनि दोहोर्‍याए। नेतृत्वमा पुस्तान्तरण भए मात्र पार्टीलाई पुनः सशक्त, गतिशील र जनमुखी बनाउन सकिने विश्वास उनले व्यक्त गरे।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.