पाकिस्तानले गर्‍यो अफगानिस्तानविरुद्ध युद्धको घोषणा

0
Quantam abroad studies

पाकिस्तानले शुक्रबार काबुलसहित अफगानिस्तानका प्रमुख सहरहरूमा हवाई आक्रमण गरेको छ। महिनौँदेखि जारी तनाव र प्रतिशोधात्मक झडपपछि इस्लामाबादले दुई देशबीच ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेको हो।

पाकिस्तानी पक्षले काबुलका साथै तालिबानको शक्तिकेन्द्र मानिने कान्दाहार र पक्तिया प्रान्तका लक्ष्यमा आक्रमण गरेको जनाएको छ। गएको अक्टोबरमा भएको भीषण भिडन्तमा ७० भन्दा बढीको मृत्यु भएपछि दुवै देशबीचको सम्बन्ध थप चिसिएको थियो, र स्थल सीमानाका अधिकांश समय बन्द रहँदै आएका छन्।

पाकिस्तानले अफगान भूमिबाट आफूविरुद्ध आक्रमण गर्ने चरमपन्थी समूहलाई नियन्त्रण गर्न तालिबान सरकार असफल भएको आरोप लगाउँदै आएको छ। तर तालिबानले आरोप अस्वीकार गरेको छ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले तालिबानसँग ‘पूर्ण मुठभेड’ सुरु भएको घोषणा गरेका छन् भने प्रधानमन्त्री शहबाज शरीफले आफ्नो सेनासँग “कुनै पनि आक्रामक महत्वाकांक्षालाई कुल्चने क्षमता” रहेको दाबी गरेका छन्।

sahani furniture udyog

यता, तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी हवाई आक्रमणको पुष्टि गर्दै मानवीय क्षति नभएको दाबी गरेका छन्। अफगान रक्षा मन्त्रालयले भने जमिनबाट गरिएको आक्रमणमा आफ्ना आठ सैनिक मारिएको जनाएको छ।

राजधानी काबुल र दक्षिणी सहर कान्दाहारमा विस्फोट र लडाकु विमानको आवाज घण्टौँसम्म सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.