नेपालभर ३ दिन रेल सेवा बन्द हुने

0
Quantam abroad studies

नेपाल रेल्वे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै भंगहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

कम्पनीले जारी गरेको सूचनाअनुसार फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म रेल सेवा पूर्ण रूपमा स्थगित रहनेछ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेवा रोकिने जनाइएको छ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार निर्वाचनभन्दा ७२ घण्टा अगावै जयनगर–जनकपुर–बर्दिवास खण्डको रेल सेवा बन्द गर्ने व्यवस्था गरिएको हो।

sahani furniture udyog

कम्पनीले यात्रुहरूमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना व्यक्त गर्दै फागुन २२ गते शुक्रबारदेखि नियमित सेवा पुनः सञ्चालनमा आउने जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.