इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तनाव

0
Quantam abroad studies

इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ। स्थानीय समयअनुसार बिहान करिब ८:१५ बजे इजरायलका विभिन्न सहरमा मिसाइल आक्रमणको चेतावनी दिने साइरन बजेका थिए।

इरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने विषयमा संयुक्त राज्य अमेरिका र इरानबीच कूटनीतिक प्रयास जारी रहेकै बेला इजरायलले अप्रत्याशित सैन्य कदम चालेको हो। इरानले वार्तामा केही लचिलोपन देखाए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको गतिप्रति असन्तुष्टि जनाएका थिए।

ट्रम्पले सन् २००३ को इराक युद्धपछि सबैभन्दा ठूलो संख्यामा अमेरिकी सेना मध्यपूर्वमा परिचालन गर्न आदेश दिएका छन्, तर तत्काल सैन्य कारबाहीको औचित्यबारे स्पष्ट खुलाएका छैनन्। उता, इरानले कुनै पनि आक्रमणको कडा सैन्य प्रतिवाद गर्ने चेतावनी दिएको छ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले ‘इजरायलविरुद्धका खतराहरू निस्तेज गर्न’ पूर्व–सतर्कता आक्रमण गरिएको बताएका छन्। यसअघि गत जुनमा भएको द्वन्द्व १२ दिनसम्म चलेको थियो, जसमा पछि अमेरिका समेत संलग्न भई इरानका आणविक केन्द्रहरू लक्षित गरिएको थियो।

sahani furniture udyog

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई आफ्नो देशका लागि गम्भीर खतरा बताउँदै आएका छन्। उनले आणविक कार्यक्रममा मात्रै सीमित हुने कुनै पनि सम्झौताप्रति असहमति जनाएका छन्।

यता इरानले भने आफ्नो मिसाइल कार्यक्रम र क्षेत्रीय समूहहरूसँगको सम्बन्धलाई सार्वभौमसत्तासँग जोडिएको विषय भन्दै त्यसबारे बाह्य हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट पारेको छ।

स्थिति थप जटिल बन्दै जाँदा मध्यपूर्व पुनः व्यापक द्वन्द्वतर्फ धकेलिने जोखिम बढेको विश्लेषण गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.