खाडीमा अलपत्र नेपालीलाई साउदी हुँदै नेपाल फर्काइँदै

0
Quantam abroad studies

नेपाल सरकारले कुवेत, कतार र बहराइनमा रहेका नेपालीलाई साउदी अरेबिया हुँदै गन्तव्य मुलुक पठाउने प्रक्रिया सुरु गरेको छ। स्वदेश फर्कन वा अन्य देश जान चाहने नेपालीका लागि आवश्यक सहजीकरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

साउदीस्थित नेपाली दूतावासका अनुसार हालसम्म करिब ११० नेपालीले साउदी हुँदै गन्तव्यतर्फ जान भिसाका लागि अनुरोध गरेका छन्। तीमध्ये अधिकांश बेलायत जाने तयारीमा छन् भने केही नेपाल फर्कने छन्।

अमेरिका, इजरायल र इरानबीचको तनावका कारण मध्यपूर्व क्षेत्रमा उडान र ट्रान्जिट प्रभावित भएपछि धेरै नेपाली समस्यामा परेका छन्। हाल संयुक्त अरब इमिरेट्सबाट केही उडान भइरहे पनि कुवेतको हवाई क्षेत्र बन्द छ भने कतार र बहराइनबाट पनि उडान प्रभावित भएको छ।

sahani furniture udyog

यस कारण ती देशमा रहेका नेपालीलाई सडकमार्गबाट साउदी अरेबिया पुगेर त्यहाँको विमानस्थलबाट गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको सरकारको भनाइ छ।

यसैबीच उद्धारका लागि खोलिएको वेब पोर्टलमा ७६ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। साथै दूतावासहरूले सामाजिक सञ्जालमा अपुष्ट र भ्रामक सामग्री पोस्ट नगर्न पनि आग्रह गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.