
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ १२ चैतमा गराउने तयारी गरिएको छ। शपथ कार्यक्रममा सबैभन्दा ज्येष्ठ सदस्यले पहिले राष्ट्रपतिसमक्ष शपथ लिनेछन् र त्यसपछि उनीहरूले अन्य सांसदहरूलाई शपथ गराउने व्यवस्था छ।
शपथसम्बन्धी ऐन २०७९ अनुसार सांसदहरूले औपचारिक पोशाकमा उपस्थित हुनुपर्नेछ। साथै आफ्नो संस्कृति, परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषामा पनि शपथ लिन सक्ने व्यवस्था छ।

ऐनअनुसार शपथ नेपाली भाषामा लिनुपर्ने भए पनि इच्छाअनुसार आफ्नै मातृभाषामा पनि शपथ लिन पाइनेछ। मातृभाषामा शपथ लिने सदस्यले शपथको पाठ आफ्नो भाषामा अनुवाद गरी प्रमाणित गरेर शपथ गराउने पदाधिकारीसमक्ष पहिले नै पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
