
कपिलवस्तुको तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद भएको छ। प्रहरीले लु १८ प ८७४७ नम्बरको मोटरसाइकलको डिक्कीमा राखिएको अवस्थामा उक्त रकम फेला पारेको हो।
चोक बजारस्थित राजेश पान भण्डार नजिक रहेको सुन पसलको किनारबाट रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा मायादेवि – ८ बरकलपुरका अभिषेक कुमार गुप्तालाई प्रहरीले आर्मी क्याम्प नजिकबाट पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
