कपिलवस्तुमा १४ किलोभन्दा बढी चरेससहित ४ जना पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु — कपिलवस्तुको कृष्णनगर क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरको कमाण्डमा खटिएको सादा पोशाकसहितको टोलीले विशेष सूचनाको आधारमा मंगलबार साँझ करिब ७ बजे कृष्णनगर नगरपालिका–२ स्थित बसपार्क क्षेत्रमा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा पक्राउ परेका व्यक्तिहरूको शरीरका विभिन्न भाग तथा साथमा रहेको झोलाबाट लुकाईछिपाई राखिएको शुद्ध तौल १४ किलो ४२७ ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

sahani furniture udyog

पक्राउ पर्नेहरूमा बागलुङ निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय नकुल घर्ती मगर, सोही गाउँपालिका–९ की ३७ वर्षीया दिलकुमारी घर्ती मगर, वडा नम्बर ६ कै ३७ वर्षीया मनिषा घर्ती मगर र रुकुम पूर्व भूमे गाउँपालिका–१ की ४० वर्षीया दिलकुमारी घर्ती रहेका छन्।

प्रहरीले बरामद लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको छ। साथै, घटनाबारे थप अनुसन्धानका लागि म्याद थप गर्ने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.