“सीता जयन्ती” लाई राष्ट्रिय पर्वको रूपमा मनाउन प्रभु साहको माग

0
Quantam abroad studies

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले माता सीताको जन्मोत्सव “सीता जयन्ती” लाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिन सरकारसँग माग गरेका छन्। शनिबार काठमाडौंको कोटेश्वरमा आयोजित जानकी जयन्ती समारोहमा बोल्दै उनले उक्त दिनलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक विदा घोषणा गर्नुपर्ने बताएका हुन्।

साहले रामनवमी र कृष्ण अष्टमी जस्ता पर्व मनाइँदै आएको उल्लेख गर्दै नेपालकै गौरवका रूपमा रहेकी माता सीताको जन्मोत्सवलाई उपेक्षा गर्नु उचित नभएको बताए। उनका अनुसार सीताको जीवन प्रेम, त्याग, समर्पण र संघर्षको प्रेरणादायी उदाहरण भएकाले समाज रूपान्तरण र लैङ्गिक समानताको दिशामा महत्वपूर्ण सन्देश दिन्छ।

sahani furniture udyog

उनले आफू मन्त्री रहँदा पनि सीता जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउने प्रस्ताव राखेको तर त्यसबेला अस्वीकृत भएको स्मरण गरे। अहिले पुनः सो विषय उठाउँदै उनले नयाँ सरकारले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रम रञ्जुकुमारी साहको अध्यक्षतामा सम्पन्न भएको थियो, जहाँ विभिन्न नेताहरूको उपस्थिति रहेको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.