स्कटल्यान्डविरुद्ध नेपाल २ रनले पराजित

0
Quantam abroad studies

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको पहिलो खेलमा नेपाल दुई रनले पराजित भएको छ । वर्षाले प्रभावित खेलमा ३९ ओभरमा २२१ रनको लक्ष्य पछ्याएको नेपाल २१८ रनमै रोकियो ।

नेपालका लागि गुल्शन झाले अविजित ६१ तथा दीपेन्द्रसिंह ऐरीले ५५ रनको उत्कृष्ट इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । कप्तान रोहित पौडेलले ३२ रन जोड्नुभयो ।

यसअघि स्कटल्यान्डले जर्ज मुन्सेको ७५ रनको मद्दतमा २४३ रन बनाएको थियो । नेपालका सन्दीप लामिछानेले चार विकेट लिनुभयो ।

sahani furniture udyog

पराजयसँगै नेपाल २५ खेलबाट १८ अङ्कसहित सातौँ स्थानमा रहेको छ । अब नेपालले जेठ २ गते अमेरिकासँग खेल्नेछ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.