राजनीतिमा लागे निजामती कर्मचारीलाई सेवाबाट हटाइने

0
Quantam abroad studies

सरकारले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न भए सेवाबाट हटाइने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने जनाएको छ ।

sahani furniture udyog

निजामती सेवा ऐन, २०४९ अनुसार कुनै कर्मचारी राजनीतिक दल, भ्रातृ वा जनवर्गीय सङ्गठनमा आबद्ध भए, राजनीतिक गतिविधिमा संलग्न भए वा निर्वाचनमा उम्मेदवार बने सेवाबाट हटाउनेसम्मको कारबाही हुन सक्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.