सम्पती छानबिन बाट भाग्ने ओलीको अभिव्यति

0
Quantam abroad studies

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री KP Sharma Oli ले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार राजधानीमा आयोजित एक पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आयोगलाई आफूले स्वीकार नगर्ने स्पष्ट गर्दै सम्पत्ति विवरण नबुझाउने र बयान दिनसमेत अस्वीकार गर्ने बताएका हुन्।

‘अरूले बयान दिए पनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर पठाउँदिनँ, जे गर्न सक्छ गरोस्,’ उनले भने, ‘यो राज्य राज्यजस्तो छैन, पूर्वाग्रहको पोको बनेको छ।’

sahani furniture udyog

ओलीले वर्तमान सरकारले नयाँ राजनीतिक शक्ति तथा अन्य निकायका व्यक्तिहरूको सम्पत्तिमाथि छानबिन नगरी पुराना दलका नेताहरूलाई मात्र लक्षित गरेको आरोप लगाए। उनले यस्तो कदम राजनीतिक प्रतिशोधको रूपमा लिइएको दाबी गर्दै राज्य संयन्त्रलाई निष्पक्ष र संवैधानिक ढंगले अघि बढ्न आग्रह गरे।

उनले सरकारले प्रतिशोधपूर्ण गतिविधिभन्दा कानुनी शासन, संविधानको मर्म र लोकतान्त्रिक मूल्यअनुसार काम गर्नुपर्ने सुझावसमेत दिए। साथै, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने कुनै पनि कदमले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने चेतावनी दिएका छन्।

ओलीको यस अभिव्यक्तिपछि सम्पत्ति छानबिन आयोग र सरकारको भूमिकाबारे राजनीतिक वृत्तमा थप बहस चुलिने देखिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.