परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमणमा जाने

0
Quantam abroad studies

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गर्ने भएका छन्।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणबारे परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएको हो।

भ्रमणका क्रममा मन्त्री खनालले भारतको राजधानी नयाँ दिल्लीमा आफ्नो भारतीय समकक्षी डा. जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम तथा आपसी हितका विषयमा विस्तृत छलफल हुने मन्त्रालयले जनाएको छ।

sahani furniture udyog

विशेषगरी व्यापार, लगानी, ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तार, साथै जनस्तरमा रहेको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा हेरिएको यस भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक तथा घनिष्ठ सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।

मन्त्री खनाल शुक्रबार नयाँ दिल्ली प्रस्थान गरी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.