भैरहवामा ४१ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

0
Quantam abroad studies

भैरहवा, रुपन्देही — रुपन्देही प्रहरीले भैरहवास्थित एक व्यापारीको गोदाममा छापा मारेर भन्सार छली गरी भित्र्याइएका रु ४१ लाख ३२ हजार २२४ बराबरका विभिन्न सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित कोठहीमाई पथमा रहेको गोदाममा अवैध रूपमा सामान लुकाइछिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गरिएको थियो। सो क्रममा ठूलो परिमाणमा भन्सार प्रक्रिया पूरा नगरी भित्र्याइएका सामग्री फेला परेका हुन्।

प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार खानतलासीका क्रममा रु २३ लाख ३२ हजार मूल्य बराबरका ५३ बोरा खरबुजाको बीउ, रु ५ लाख ७० हजार २४० मूल्य बराबरका ४४ कार्टुन कोलगेट, रु ११ लाख ३५ हजार बराबरका २२७ बोरा ओखर तथा रु ९५ हजार मूल्य बराबरका ३८ बोरा मकै बरामद गरिएको छ।

sahani furniture udyog

बरामद गरिएका सबै सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध आयात नियन्त्रणका लागि प्रहरीले निगरानी र अभियानलाई थप कडा बनाएको बताइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.