
उत्तमकुमार थापा , बझाङ
जिल्लामा किशोरी तथा महिला परियाेजना सम्वन्धि स्थानीय सरकार र विद्यालय सँग समन्वयात्मक कार्यक्रम गरेको छ । बझाङ जिल्लामा रहेका विभिन्न विद्यालयहरुका शिक्षक र जनप्रतिनिधि सँगसँगै सराेकारवालाहरु सँग आज हाेटेल केपी प्लाजामा कार्यक्रम भएको हाे ।
कार्यक्रममा महिला तथा किशोरीहरु सँगकाे बारेमा छलफल गर्दै हेयर नेपाल नामक सँस्थाकाे आयाेजनामा जयपृथ्वी नगरपालिका मेयर बिरेन्द्र बहादुर खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि साहयक प्रमुख जिल्ला अधिकारी रामराज गाैतम बिशिस्ट अतिथि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानु जाेशी रहनु भएको थियाे ।
सँस्थाले महिला बालवालीका र किशोरीहरुलाई फाेकस गर्दै विभिन्न विध्यालय सँग समन्वय गरेर कार्यक्रम गर्ने भन्दै आज समन्वयत्मक कार्यक्रम सुरु गरेको हाे । विगत केही अगाडि देखि जिल्लामा रहेका विभिन्न विद्यालयमा डाटा सहित त्याहाकाे बस्तुगत अवलोकन गर्दा छुवाछूत सम्वन्धि केही समस्या देखा परेकाे भन्दै विद्यालय साझेदारी कार्यक्रम गर्दै समाजरुपान्तरणमा टेवा पुग्ने कार्यक्रम प्रस्तुति गर्नु भएका माधव जाेशीले बताए ।

किशोरीहरु विद्यालयमा गएको समयमा मिन्स अथवा बाहिरी हुनु प्राकृतिक कृया हाे । नराेकेर राेकिन्छ न छेकेर छेकिन्छ तर यसलाई यस्तो समयमा केही किशोरीहरु विद्यालयमा जान सहज बाताबरणका लागि सँस्थाले ठुलाे सहयाेग गर्न बताएको छ । कार्यक्रम सँस्थाका इन्टरनेसनल काेडिनेटर स्टेनलेलिन्डरकाे उपस्थिति रहेकाे थियाे । उहाँको भनाइ थियाे,मेराे माया रहेकाे छ । हाम्रो सँस्थाले बझाङमा रहेका किशोरीहरुकाे पढाइमा र समाजकाे हितको लागि लागिपरेका छाै तपाईंको सहयाेगकाे चाहिन्छ ।
हामीले जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालीकाका विद्यालयहरुमा गएर डाटा सँकलन गरेका छाै । ४०६ वटा विद्यार्थी लाई यस विषयमा साेधपुछ गर्दा बालविवाह छुवाछूत र बाहिरी भएको किशोरी विद्यालय जान नमान्ने यस्तो खालकाे उदाहरण पाउँदा यसलाई कसरी के के माध्याम द्वारा राेक्न सकिन्छ भन्नेमा हाम्रो सँस्थाकाे ध्यानाकर्षण भएको छ ।
