जो खाली खुट्टा पुरस्कार थाप्न गए

0
Quantam abroad studies

एजेन्सी , नयाँ दिल्ली, २४ कात्तिक
सोमबार भारतको प्रख्यात पद्यमश्री पुरस्कार वितरण समारोह आयोजना भएको थियो । राष्ट्रपति कार्यलयमा आयोजित समारोहमा पदक थाप्न मानिसहरू तामझामसहित उपस्थित भएका थिए । त्यही भिडमा दुई ओटा अनौठा दृश्यले सहभागीको ध्यान तानेको थियो ।

समारोहमा एक महिला आफ्नो आदिवासी भेषमा खाली खुट्टा पुगेकी थिइन् । उनी थिइन वातवरणविद् तुलसी गोवाडा । ७२ वर्षीय तुलसी कर्नाटकको हलाक्की जनजाती समुदायकी महिला हुन् ।

गरिव परिवारमा जन्मिएकी उनले कुनै औपचारिक शिक्षा पाइनन् । यद्यपी, उनी जगंलको ‘इन्साइक्लोपेडिया’ नामबाट चिनिन्छिन् । किनकी, उनलाई विभिन्न प्रजातिका बनस्पति र विरुवाबारे राम्रो ज्ञान छ । उनले १२ वर्षको उमेरदेखि नै बिरूवा रोप्न थालेकी थिइन् । रोपेका बिरुवाको हेरचाह उनी आफैंले गर्थिन् । तुलसी वन विभागमा पनि काम गर्छिन् ।

sahani furniture udyog

राष्ट्रपति रामनाथ कोविन्दबाट पुरस्कार लिने क्रममा मञ्चमा पुग्दा तुलसीको प्रधानमन्त्री नरेन्द्र्र मोदी र गृहमन्त्री अमित साहसँग भेट भएको थियो । मोदी र साहले उनलाई दुई हात जोडेर सम्मानसाथ अभिवादन गरेका थिए ।

त्यस्तै, अर्का पुरस्कृत व्यक्तित्व ६५ वर्षीय सुन्तला व्यापारी हरेकाला हजाब्बा पनि खाली खुट्टा राष्ट्रपति कार्यालय पुगेका थिए । सुन्तला बिक्रीको कमाईबाट हजाब्बाले दक्षिण कन्नाडाको एउटा गाउँका गरिव बालबालिकाहरूका लागि प्राथमिक र माध्यामिक विद्यालय खोलेका थिए ।

सो अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले सात जनालाई प्रतिष्ठित पद्म विभूषण, १० जनालाई पद्म भूषण र १०२ जनालाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका थिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.