आजिगरा माबिको राहत शिक्षक विज्ञापन, ५ महिना बितिसक्दा पनि किन भएन परिक्षा ?

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता – कपिलवस्तु

कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड न. ७ रहेको माध्यामिक विद्यालय अजिगराले २०७९ साल चैत ६ गते गरेको रहत शिक्षक अनुदान पदपूर्तिको परीक्षा करीब ५ महिना बितिसक्दा पनि अहिलेसम्म परीक्षा हुनसकेको छैन।

विद्यालयले २०८० जेठ ११गते एक सूचना जारी गरी जेठ १७ गते परिक्षाको मिति तोकिएको थियो। पछि विद्यालयले परीक्षा हुनु एक दिन पहिले जेठ १६ गते एक सूचना जारी गरी जेठ २० गते हुने शिक्षक सेवा आयोगको परीक्षाका कारण देखाई अर्को सूचना नभए सम्म तोकिएको परीक्षा स्थगित गरिएको जानकारी गरिएको थियो।

sahani furniture udyog

शिक्षक सेवा आयोगको परीक्षा करीब ढाई महिना बितिसक्दा पनि बिद्यालयले आहिले सम्म परीक्षा नलिए पछि बिद्यालय माथि प्रश्न खडा भैरहेको छ । केहि बर्ष देखि अजिगरा माबिको प्रशासन र ब्यवस्थापन पक्ष अस्तब्यस्त हुँदा त्यहाँका शिक्षाको गुणस्तर खस्किएको र त्यहाँ अभिभावक पनि आफ्नो बालबालिकालाई पढ्ने नरुचाउने अवस्था आएको थियो । त्यसपछि त्यहाँ नयाँ ब्यवस्थापन समिति र प्रधानाध्यापक फेरियो र सबैमा केही सुधारको आस पलायो । तर एउटा शिक्षक भर्ना गर्न विद्यालयको आफ्नै आन्तरिक कारणले ५ महिना सम्म प्रक्रिया रोक्नु सन्देहपुर्ण देखिन्छ । यो बिषयमा जानकारी लिन प्रधानाध्यापक राधाकृष्ण शर्मालाई फोन सम्पर्क गर्दा फोन उठेन भने शिक्षा शाखा प्रमुख बलराम पन्थीले स्कुलको आफ्नै निजी कारण होला हामी चाडैं पहल गर्ने बताए । एक रहत शिक्षक अनुदान पदका लागि २५ जनाले दरखास्त पेस गरेका छ्न। अहिले अबेदकहरुले परीक्ष कहिले हुन्छ भने आसमा बसेका छ्न भने पदपूर्ति नहुदा विद्यार्थीहरुको पढाई प्रभावित भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.