एक युवा पाँच बिरुवा अभियानको शुरूवात महिलाको उत्साहजनक सहभागीता

0
Quantam abroad studies

कपिलवस्तु , असार २२
कपिलवस्तु नगरपालिकाको तौलिहवा बजार क्षेत्र सुन्दर तथा हराभरा बनाउन एक युवा पाँच बिरुवा अभियानको शुरूवात भएको छ । तौलिहवामा बजार क्षेत्रमा पर्ने हुलाकी राजमार्गको बिचमा रहेको मेडियनमा आज सयौं बिरुवा रोपिएको छ।

भारी बर्खाका बाउजुद युवा , ब्यापारी , महिलाको तथा बालबालिका समेतको उत्साहजनक उपस्थिति रहेको थियो ।
सो बिरुवा रोप्ने अभियानको अगुवाइ कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले गरेका थिए । यस्तै अभियानको शुभार्म्भ प्रदेश सभा सदस्य शुधाकर पान्डेले गरेका थिए । उक्त अभियानलाइ कपिलवस्तु नगरपालिकाका विभिन्न संघ संस्थाले समेत सहयोग गरेका थिए । अभियान अन्तर्गत बहुबर्से बैगन बेलिया जातको बिरुवा रोपिएको छ। बैगन बेलिया जातका बिरुवा विभिन्न रङ्ग बार्है महिने पुल्ने बिरुवा हो । यस प्रजातिको फुलको बिरुवामा प्राय काडा हुने हुँदा गाइगोरुले नखाने र जस्तो सुकै जलबायुमा सजिलै हुर्किने गर्छ । यस फुलका केहि प्रजातिको औषधिय प्रयोग समेत हुने गरेको छ । यो बिशेषत रातो , निलो , पर्पल , गुलाबि लगायत विभिन्न रङ्गमा फुल्ने गर्छ ।

sahani furniture udyog

उक्त अभियानमा वडा अध्यक्ष , प्रहरी , सशस्त्र प्रहरी , उधोगि ब्यापारी , समाजसेवी , कर्मचारीहरुको उपस्थिति रहेको थियो । कपिलवस्तु नगरपालिकामा विभिन्न पुरातात्त्विक र पर्यटकीय स्थल भएको हुँदा बजार क्षेत्र सुन्दर बनाउन आवस्यक रहेको हुँदा बिरुवा लाउने अभियान संचालन गरिएको नगर प्रमुख सुदिप पौडेलले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.