
शहबाज खान , कपिलवस्तु
स्थानिए सरकार संचालन ऐन २०७४ को दफा ४७(१) अनुसार देहयको विवाद निरुपण गर्ने अधिकार अन्तर्गत र त्यस्तै दफा ४७ (२) अनुसार देहयको विवादहरुमा मेल-मिलापको माध्मबाट मात्र निरुपण गर्ने अधिकार पालिकाको उपप्रमुखको नेतृत्व गर्ने न्यायीक समिति रहेको छ । कृष्णानगर नगरपालिकाको न्यायिक समितीले आर्थिक बर्ष ०८०/०८१ मा लक्ष्यभन्दा बढी ९२% मुद्दा फर्छ्यौट गरेको छ।
यस बर्षमा कृष्णानगर नगरपालिकाको न्यायिक समितीमा दर्ता भको २७ वटा मुद्दा मध्ये २५ फर्चौट र २ वटा मुद्दा प्रकियामा रहेको मुद्दा फाटका कर्मचारी श्याम प्रसाद थारुले बताएका छन् । कृष्णानगर न्यायिक समितीमा अधिकांश गाली वेज्जती घरेलु हिंसा, जग्गा सम्बन्धी, जग्गा आवाद वा भोग चलन गरेको लगायत मुद्दाहरु दर्ता भएका थिए। न्यायिक समितिले ९ मुद्दाको निर्णय गरेको छ भने ६ को मिलापत्र गराएको छ । यस्तै तमेलीमा ८ मुद्दा र मुलतबीमा २ मुद्दा रहेका छन् । न्यायिक समितिका संयोजकमा उपप्रमुख आरती देवी चौधरी सदस्यमा वडा अध्यक्ष हरिपाल चतुर्वेदी सदस्यमै सुशिला देवी नाऊ समेत गरि ३ सदस्यीय समिती रहेको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम न्यायिक समितिको अधिकारक्षेत्र भित्रको मुद्दामा भएको कामकारवाहीको न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को नियम ९४ वमोजिम कपिलवस्तुका प्रमुख जिल्ला न्यायाधीश प्रकाशचन्द्र अधिकारीबाट असार १४ गते शुक्रबारका दिन कृष्णनगर नगरपालिकाको न्यायिक कार्य सम्बन्धी कामकारवाहीहरुमा निरीक्षण गरेको कृष्णनगर नगरपालिका मुद्दा फांटका कर्मचारी श्याम कुमार थारुले बताएका छन् ।
