यशोधराको न्यायिक ‌समितिमा २०.७५ प्रतिशत  मुद्दा मात्रै   फर्छ्यौट

0
Quantam abroad studies

शहबाज खान , साउन १६
कपिलवस्तुकाे यशोधरा गाउँपालिकाको न्यायिक समितिले २०.७५ प्रतिशत मुद्दा मात्रै छिनोफानो गरेकाे छ ।  न्यायिक समितिमा दर्ता भएको ५३ ओटा मुद्दा मध्ये ११ ओटा मात्रै छिनोफानो गरेकाे न्यायिक समितिले जनाएको छ ।

न्यायिक समितिमा दर्ता भएको ४२ ओटा मुद्दा प्रकियामा रहेको न्यायिक समितीका संयोजक गुन्जा देवी मौर्याले जानकारी दिएकी छिन् । संयोजक मौर्याका अनुसार न्यायिक समितिमा अधिकांश घरेलु हिंसा‌, जग्गा सम्बन्धी, जग्गा विवाद वा भोग चलन गरेको,घरायशी झै-झगडा,लेन-देन सम्बन्धी लगायतका मुद्दाहरु दर्ता भएका छन् । न्यायिक समितिले आर्थिक वर्ष २०८०/०८१ मा २०.७५ प्रतिशत मुद्दा मात्रै फर्छ्यौट  र ७९.२४ प्रक्रियामा रहेको जनाएको छ।

न्यायिक समिति संयाेजक गुन्जा देवी मौर्या न्यायिक समितिले न्यायाेचित मुद्दा छिनोफानो गर्दै आएकाेले जनतालाई सहज भएको बताइन् । स्थानीय सरकारलाई मेलमिलापकाे माध्यमबाट विभिन्न विवाद मिलापत्र गर्ने अधिकार प्राप्त भएपछि न्यायिक समितिप्रति जनताको विश्वास बढेकाे उनकाे भनाई छ ।

sahani furniture udyog

स्थानीय सरकार सञ्चालन ऐन‌ २०७४ को दफा ४७ (१) अनुसार देहायको विवाद निरुपण गर्ने अधिकार अन्तर्गत र त्यस्तै दफा ४७ (२) अनुसार देहायको विवादहरुमा मेलमिलापको माध्मबाट निरुपण गर्ने अधिकार स्थानीय सरकारलाई प्राप्त छ ।

तर स्रोतको अनुसार न्यायीक समिती संयोजक गुन्जा देवी मौर्यको ठाउँमा उनको श्रीमान राजेन्द्र प्रसाद मौर्यले मुद्दाको छिनोफानो गर्ने गर्छन् । न्यायीक समितिको काम होस वा पालिकाको योजनाको अनुगमनको काम होस सबैमा उनको श्रीमान नै हिड्ने गरेका छन् । श्रीमानको आदेश बमोजिम मात्र संयोजन मौर्यले हरेक कागजातमा अँखा चिम्लेर हस्ताक्षर गर्ने गरेको स्रोतको भनाइ रहेको छ ।

यसैगरी न्यायीक समितीमा सम्झौताका सबै कागजात तयार पार्न छुट्टै कर्मचारी हुनुपर्ने हो । तर अहिलेसम्म न्यायीक समितिका सम्पुर्ण कामकाज राजस्वका कर्मचारी द्वारिकानाथ मिश्र हेर्ने गरेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.