
कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएकाे शिष्टाचार एवम् बिदाइ भेटघाटका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नुभएको छ । मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवाकाे अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतबारे समेत जानकारी गराउनुभएको थियोे ।

यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोड्ने गरी “बौद्ध सर्किट’’ को विकास गर्न सकिने । पर्यटन प्रवर्द्धनका लागि दुवै देशका बिचमा कला, सङ्गीत र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरु र पर्यटन बोर्डहरूबिच साझेदारी गर्न सकिने विषयामा छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जर्नाको छ ।
