चक्कु प्रहारबाट एक जना युवकको हत्या

0
Quantam abroad studies

ललितपुरमा चक्कु प्रहारबाट एक जना युवकको हत्या भएको छ। 

च्यासलस्थित द टाउन क्याफेमा सोमबार राति सुनसरीको इटहरीका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो। गुरुङको चक्कु प्रहारबाट हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

sahani furniture udyog

गुरुङको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। रेस्टुरेन्टमै काम गर्ने २६ वर्षीय हेमराज भट्ट, २२ वर्षीय जनकबहादुर तामाङ र ४१ वर्षीय पदमलाल भट्ट पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूबीच रेस्टुरेन्टमा बिल तिर्ने विषयमा विवाद भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.