नेपाल एअरलायन्सको आन्तरिक उडान ठप्प

0
Quantam abroad studies

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एअरलायन्स)ले आन्तरिक उडान पूर्ण रूपमा बन्द गरेको छ। हाल सञ्चालनमा रहेको एकमात्र ट्वीनअटर जहाज पनि ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान सेवा ठप्प भएको हो।

निगमले दुईवटा ट्वीनअटर जहाजमार्फत आन्तरिक उडान सञ्चालन गर्दै आएको थियो। तीमध्ये एक जहाज गत जेठदेखि नै ग्राउन्डेड अवस्थामा थियो। बाँकी रहेको अर्को जहाज पनि इन्जिनको उडान समय (फ्लाइट आवर) सकिएपछि आइतबारदेखि ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमका प्रवक्ताले जानकारी दिए।

sahani furniture udyog

उनका अनुसार उडान समय सकिएपछि जहाजलाई थप प्रयोग गर्न प्राविधिक मर्मत तथा परीक्षण आवश्यक पर्ने भएकाले तत्काल उडान सम्भव छैन। “दुवै जहाज ग्राउन्डेड भएपछि अहिले आन्तरिक उडान सेवा स्थगित भएको छ,” प्रवक्ता ले भने।

यसअघि, नेपाल वायुसेवा निगमले ट्वीनअटर जहाजमार्फत दुर्गम तथा पहाडी क्षेत्रमा उडान गर्दै आएको थियो। आन्तरिक उडान स्थगनसँगै यात्रुहरूलाई वैकल्पिक उपाय अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.