बसको ठक्करले ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षककाे मृत्यु

0
Quantam abroad studies

सर्लाहीमा भएको बस दुर्घटनामा परी सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको दुखद निधन भएको छ। बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा कार्यरत ४२ वर्षीय निरीक्षक तुलाधरलाई हिजो राति ड्युटीमा खटिएका बेला बा.प्र.०१–००६ ख २००४ नम्बरको बसले ठक्कर दिएको थियो।

दुर्घटना राति करिब सवा ९ बजे भएको र गम्भीर घाइते भएका तुलाधरको उपचारका क्रममा मंलगवास्थित प्रादेशिक अस्पतालमा राति १० बजे निधन भएको सर्लाही प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।

बस अनियन्त्रित भई पल्टिएको घटनामा संलग्न चालक र सहचालकलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान जारी राखेको छ। सशस्त्र प्रहरी निरीक्षक तुलाधरको निधनले सशस्त्र प्रहरी बलमा शोकको छायाँ छाएको छ।

sahani furniture udyog

सशस्त्र प्रहरी निरीक्षक तुलाधारलाई ठक्कर दिएको बस अनियन्त्रित भएर पल्टिएको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.