सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, आजैदेखि लागू

0
Quantam abroad studies

सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार आज पुस २२ गतेदेखि लागू हुने गरी यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा वृद्धि गरिएको हो।

नयाँ भाडादरअनुसार यात्रुबाहक सवारी साधनको भाडा ३.३० प्रतिशतले बढाइएको छ। पहाडी मार्गमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराई मार्गमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले वृद्धि भएको छ।

राष्ट्रिय रुटमा भाडा समायोजन

यसपटक दुई वा सोभन्दा बढी प्रदेश पार गर्ने राष्ट्रिय स्तरका सार्वजनिक यातायात रुटमा सञ्चालन हुने सवारी साधनको भाडा समायोजन गरिएको विभागले जानकारी दिएको छ। पछिल्लो पटक ३१ साउन २०८० मा भाडा समायोजन गरिएकोमा, आजदेखि नयाँ दर लागू गरिएको हो।

मन्त्रीको सहमति

sahani furniture udyog

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुस ११ गते विभागलाई भाडा समायोजनका लागि सहमति प्रदान गरेका थिए। विभागले सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चको विश्लेषण गर्दै सरोकारवालासँग परामर्शपछि भाडा वृद्धि गर्ने निर्णय लिएको हो।

मूल्यवृद्धिका कारण भाडा वृद्धि

विभागका अनुसार श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफाजस्ता प्रमुख सूचकमा देखिएको मूल्यवृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो।

सरकारको यो निर्णयले यात्रुहरूलाई थप आर्थिक बोझ पर्ने आशंका गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.