प्रधानमन्त्रीका सल्लाहकार राप्रपाका प्रमुख सचेतकबीच जुहारी

0
Quantam abroad studies

काठमाडौं – राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एमाले उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई वडाध्यक्ष बन्ने तयारी गर्न सुझाव दिएका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष जनताले नचुनेको विषय उठाउँदै, यदि दम छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गराउन चुनौती दिएका छन्।

“प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुयाँ दिन बन्द गर्नुहोस्। केपी शर्मा ओलीलाई जनताले प्रत्यक्ष निर्वाचित गरेका हुन्? यदि हिम्मत छ भने उहाँलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस् र तपाईं वडाध्यक्षको तयारी गर्नुस्,” शाहीले टिप्पणी गरेका छन्।

sahani furniture udyog

हालै पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो भीडमा प्रयोग भएपछि यी दुई नेताबीच सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप चलिरहेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.